१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भदौ १ देखि बञ्चरेडाँडामा फोहोर लान नदिने स्थानीयको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

बञ्चरेडाँडावासीले आगामी भदाै १ देखि काठमाडौं उपत्यकाको फोहोर यहाँ फाल्न नदिने भएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा संघर्ष समितिले भदाै १ देखि सदाका लागि फोहोर विसर्जन अन्त्य गर्ने घोषणा गरेको हो।

यसअघिका सहमति कार्यान्वयन नगरेर सिंहदरबार र बागदरबारले षड्यन्त्र गरेकाले अब सदाका लागि फोहोर विसर्जन कार्य अन्त्य गर्न लागिएको समितिका संयोजक श्रीराम ढुंगानाले पत्रकार सम्मेलनमा बताए। ‘अब आउने दिनमा यो वा त्यो बहानामा हामीले उहाँहरूलाई छुट दिन सक्ने अवस्था छैन। उपत्यकाभित्र यो र अन्य नगरपालिकाका अधिकारीलाई हामी के भन्छौँ भने तपाईंहरूको सत्ताका लागि, तपाईंहरूको विरासतका लागि, तपाईंहरूको अभीष्ट पूरा गर्नका लागि त्यस क्षेत्रका लाखौँ जनतालई अब फोहोरमैलाको बलीवेदीमा चढाएर समाप्त गर्न सकिँदैन,’ ढुंगानाले भने।

नुवाकोट र धादिङका जनताले कुनै अवरोध नगरे पनि पछिल्लो १० दिनदेखि माफियाका नाइकेहरूका कारण काठमाडौंको फोहोर नउठेको उनको आरोप छ। समितिले मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानव बस्ती विकास क्षेत्रमध्ये एउटा रोज्न सरकारलाई विकल्पसमेत दिएको छ।