१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २६ शुक्रबार १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् प्राधिकरणको आर्थिक अवस्थाको जानकारी गराउन माओवादी केन्द्रको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १३:२९:oo

नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आमजनतामा अन्याेल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ होस् भनी सभामुखसमक्ष माग गरेका हुन् । 

उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनुभएका विद्युत् प्राधिकरणका आम्दानी र खर्चका विवरणले आमजनतामा र सबैमा अन्याेल सिर्जना गरेको छ त्यसैले नेपाल विद्युत् प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे यस सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ होस् भनी सभामुखसमक्ष अनुरोध गर्दछु ।’

यस्तै, उनले गोरखा र धादिङ जिल्लाको बिचमा पर्ने भर्खरै सुरु गर्न लागेको राष्ट्रिय गौरवको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् परियोजना यही आर्थिक वर्षदेखि निर्माण सुरु गरियोस् भनी सरकारसँग माग पनि गरेका छन् ।