१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १२ बिहीबार
  • Sunday, 11 May, 2025
रासस वीरगञ्ज
२o७९ श्रावण १२ बिहीबार १२:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज नाकाबाट हुने  निर्यात ५० प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
रासस, वीरगञ्ज
नयाँ पत्रिका
२o७९ श्रावण १२ बिहीबार १२:३२:oo

नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष ०७७/७८ को तुलनामा ०७८/८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा रु. ५३ अर्ब ६८ करोड २८ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा गत रु. २६ अर्ब ८१ करोड पाँच लाखभन्दा बढी अर्थात् रु. ८० अर्ब ४९ करोड ३३ लाखभन्दा बढीको सामान निर्यात भएको थियो । अघिल्लोे आवको तुलनामा गत आवमा ४९ दशमलव ९४ प्रतिशत बढी हो ।

उक्त नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत वस्तु रहेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले अघिल्लो आवको तुलनमा गत आवमा भटमासको प्रशोधित तेल निर्यातमा १३ प्रतिशतले कमी आएको, तर सूर्यमुखीको प्रशोधित तेल ५६ प्रतिशत, फलफूलको जुस ४१ प्रतिशत, जमोठ कपडाको निर्यात ४५ प्रतिशतले वृद्धि भएको बताए । भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सरकारले दिएको अनुदानकोे दायरालाई अझै फराकिएलो बनाए निर्यात प्रवर्द्धनमा थप मद्दत पुग्ने उद्योगपति–व्यवसायीको भनाइ थियो ।