मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ११ बुधबार ०९:४३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानका अध्यक्ष चन्द आइसिसी अवार्डबाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ११ बुधबार ०९:४३:००

नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले दीर्घकालीन सर्भिस अवार्डबाट सम्मान गरेको छ । इंग्ल्यान्डको बर्मिघममा सम्पन्न आइसिसीको वार्षिक साधरणसभामा चन्द सम्मानित भएका हुन् ।

आइसिसीले कुनै पनि देशको क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेबापत ती व्यक्तिलाई दीर्घकालीन सेवा प्रदान गर्छ । यसपटक आइसिसीको साधारणसभामा चन्दसहित कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल पनि पुगेका छन् ।

आइसिसीले हरेक वर्ष क्रिकेट बोर्डमा रहेर काम गर्ने ब्यक्तिलाई सम्मान गर्ने क्रममा यसपटक एक सय सात सदस्यलाई विभिन्न पदक प्रदान गरेको छ । जसमध्ये १८ जना दीर्घकालीन सेवाबाट सम्मानित भएका छन् । चन्द २०७२ मा क्यानका अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन अध्यक्ष टंक आङबुहाङको समूहले गरेको निर्वाचन चन्द समूहले बहिष्कार गरेको थियो ।