१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५५:oo

अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ। देउरालीडाँडा पहिराेले अवरुद्ध उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ रिठ्ठेबगरमा पहिराे हटाएसँगै आज बिहानदेखि यातायात सञ्चालन भएको हो।

शुक्रबार रातिदेखि पहिराेले उक्त सडक अवरुद्ध भएको थियो । नेपाली सेनाको श्रीजंग गण, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोड्ने उक्त सडक ढुंगामाटोसहितको लेदोका कारण अवरुद्ध भएको थियो। पहिराे हटाएसँगै दुई दिनदेखि थन्किएका सवारीसाधन सञ्चालनमा आएको सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए। रासस

ad
ad