मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण ९ सोमबार १०:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 जंगली च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी

Read Time : < 1 मिनेट
२०७९ श्रावण ९ सोमबार १०:५८:००

जंगली च्याउ खाँदा  जुम्लामा एकै घरका पाँचजना बिरामी परेका छन् । तिला गाउँपालिका– ४ नुवाकोट गाउँका लक्ष्मीबहादुर हमालका परिवारका पाँचजना बिरामी भएका हुन् । बिरामी पर्नेमा लक्ष्मीबहादुर हमाल, उनकी पत्नी राममाया हमाल, छोरीहरू दर्शना हमाल र सम्झौता हमालका साथै उनको घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका– ९ रोकायाबाडाका लालबहादुर रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । 

हमाल परिवारले आइतबार साँझ जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए । स्थानीय यज्ञप्रसाद चौलागाईंका अनुसार बिरामीले रिँगटा लाग्ने र बान्ता हुने गरेपछि राति नै अस्पताल पठाइएको थियो । लक्ष्मीबहादुर र छोरी सम्झौताले बोल्न छाडेपछि राति नै अस्पताल ल्याइएको थियो । अहिले सम्झौताबाहेक अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

प्रहरीले जंगली च्याउको जथाभावी सेवन नगर्न आग्रह गरेको छ । जंगलमा कुन प्रजातिको च्याउ ल्याएर खाए भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।