१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डोल्पामा बाढीले काठेपुल पुल बगाएपछि आवतजावत बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:३५:oo

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ९ अन्तर्गत पर्ने चुँगाड खोलाको काठेपुल खोलाले बगाएको छ । दैनिक स्थानीयले प्रयोग गर्ने पुल खोलाले बगाएपछि मानिस तथा सवारी आवतजावत ठप्प भएको छ । खोलामा पुल नभएपछि नगरपालिको वडा नम्बर ९, १० र ११ का सर्वसाधारण नगरपालिकाको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत गर्न सकेका छैनन् ।

औषधाेपचार, बैंकिङ सेवा, किनमेललगायतका कामका लागि त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बुढाले जानकारी दिए । खोलामा पुल नबनेसम्म सर्वसाधारण काम परे पनि सहज आवतजावत गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । त्यसैगरी बाढीकै कारण जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने तल्लो चुँगाडमा सवारीसाधन आवतजावत गर्नका लागि बनाइएको खोलाको तटबन्धसमेत भासिएको छ ।

मुख्य सडकमै पर्ने तटबन्ध भासिएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू बाटोमै रोकिएका छन् । मालवाहक ट्रक, ट्याक्टर आउन नसकेपछि सदरमुकाम दुनै त्रिपुराकोट, जुफाललगायतका बजारमा दैनिक उपभोग्य सामग्री ढुवानी हुन सकेको छैन । यथाशीघ्र पुल सञ्चालन नभए बजारमा दैनिक उपभोग्य सामग्रीसमेत महँगिने स्थानीय व्यापारीको भनाइ छ ।

ad
ad