१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ठूला दलमाथि हृदयेश त्रिपाठीको प्रहार : काम गर्न सकेनन्, चुनावमा प्रतिगामी मुद्दा उठाउँदै छन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४३:oo

प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले ठूला राजनीतिक दलहरूले संविधानको स्तम्भमाथि प्रहार हुने गरी आगामी निर्वाचनको चुनावी मुद्दा बनाउन लागेकाे बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै त्रिपाठीले आगामी संघ र प्रदेशको निर्वाचनमा संविधानको मर्ममाथि प्रहार हुने गरी चुनावी मुद्दा बन्न लागेको बताएका हुन् । 
उनले ठूला राजनीतिक दलहरू संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षतामाथि प्रहार र दुईदलीय व्यवस्थाको वकालत गरेर निर्वाचनमा जान लागेको आरोप लगाए । लोकतन्त्र जोखिममा पार्ने गरी दलहरू प्रतिगामी नारामा लिप्त भएको उनको भनाइ छ ।

‘आगामी चुनावमा संविधानको स्तम्भमाथि नै प्रहार हुने गरी चुनावी मुद्दा वा नारा बन्ने देखिन्छ । संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षतामाथि प्रहार, दुईदलीय व्यवस्थाको विक्षिप्त वकालतजस्ता विषयहरूलाई कथित जिम्मेवार दलहरूले नै नारा बनाई निर्वाचनमा जाने लक्षण देखिन्छ,’ उनले भने, ‘राजनीति शास्त्र र समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने आफूहरूले गतिलो काम गर्न नसकेको, अग्रगमन तथा दूरदृष्टिको अभावका कारण यस प्रकारका प्रतिगामी नाराका सहारा लिनमा दलहरू लिप्त भएका हुन्छन् र भएका छन् ।’ 

सांसद त्रिपाठीले बैंकहरू नाफामुखी मिटरब्याजी साहूजस्तो भएको टिप्पणीसमेत गरे । बैंकहरूले उद्योगमा लगानी गर्न नचाहेको र अनुत्पादक क्षेत्रमा लगानी गरेर देशलाई भार बोकाउन लिप्त भएको उनको भनाइ थियो ।  कानुनले निर्धारण गरेबमोजिमको बैंकहरूले कृषि क्षेत्रमा लगानी नगरेको भए पनि राष्ट्र बैंक लाचार भएर बसेको उनले बताए । 

ad
ad