मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण ६ शुक्रबार १७:४९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निफ्रालाई मर्जरमा लाने राष्ट्र बैंकको परिकल्पना 

Read Time : < 1 मिनेट
२०७९ श्रावण ६ शुक्रबार १७:४९:००

पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी केही वर्षअघि मात्रै स्थापना गरिएको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई नेपाल राष्ट्र बैंकले मर्जरमा लैजाने परिकल्पना गरेको छ । राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै निफ्रालाई मर्जरमा जान प्रोत्साहन गरिने बताएको हो । 

विशेषगरी, निफ्राको लगानी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मर्जरमा जान प्रोत्साहन गरिने मौद्रिक नीतिमा उल्लेख छ । पूर्वाधार क्षेत्रमै लगानी गर्ने गरी सञ्चालित अन्य कम्पनी तथा वित्तीय संस्थासँग मर्जरमार्फत चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहित गरिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

हाल नेपालमा पूर्वाधारमा लगानी नै गर्ने गरी स्थापना भएका संस्था नगन्य छन् । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)लगायतका कम्पनीले पूर्वाधारमा लगानी गर्दै आएका छन् । त्यस्तै, प्रकृतिका कम्पनीसँग निफ्रालाई मर्जरमा जान प्रोत्साहन गरिने राष्ट्र बैंकको भनाइ छ ।