१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
प्रतिकात्मक तस्बिर
२o८१ जेठ ३ बिहीबार १३:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:१९:oo

बाढी र पहिराले अवरुद्ध बनाएको डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ। बिहीबारदेखि अवरुद्ध यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ उदीपुरको देउरालीडाँडामा पहिरो हटाएपछि शुक्रबार बिहान ११ः३० बजेदेखि पुनः सडक सञ्चालनमा आएको हो।

गत वर्ष र असार पहिलो साता आएको बाढीले डुम्रे–बेँसीसहरको देउरालीडाँडाको सडक बगाएपछि वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने यस भागमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयको एक्स्काभेटरले सडकमा आएको पहिरो हटाएसँगै पूर्ण रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ। पटकपटक आएको बाढी र पहिराेले यात्रा गर्न समस्या हुँदै आएको छ। हल्का वर्षा हुनासाथ लेदो आएर सडक अवरुद्ध हुने गरेको छ। 

साउन २ गतेयता अविरल वर्षाले पहिरो जाँदा राति बन्द गरिने र बिहान खुलाएर सडक सञ्चालन गर्ने गर्दै आइएको छ।

ad
ad