१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राजस्व छलेर ल्याइएका एक करोडका सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:१o:oo

नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोडभन्दा बढीको सामान बरामद गरेको छ। काठमाडौंको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

प्रहरीले चुरोट मात्रै दुई हजार नाै सय ८० बन्डल बरामद गरेको छ। यसका साथै बरामद गरिएका गुट्खा, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस्, अक्सिमिटर, पटाका, भुँइचम्पा, आतिसबाजलगायतका सामग्री बरामद गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

अवैध रूपमा सामान ल्याएर राखिएको भन्ने सूचनाका आधारमा परिचालित टोलीले बुधबार ती सामान बरामद गरेको हो। ती सामान अवैध रूपमा ल्याई काठमाडौं महानगरपालिका– ७ गोपीकृष्णनगरस्थित श्रीजल एन्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको छ। ती सामान भारतबाट गैरकानुनी रूपमा नेपाल ल्याइएको थियो।


उक्त कारोबारमा संलग्न रहेको आरोपमा पर्सा घर भई काठमाडौं बस्दै आएका ४० वर्षीय छविलाल अगस्ती पक्राउ परेका छन्। उनले काठमाडौं महानगरपालिका– ७ स्थित पुष्पा अधिकारीको घरको सटर भाडामा लिई राजस्व छली गरेर ल्याइएका सामान भण्डारण गर्ने गरेको खुलेको छ।

कार्यालयले अनुसन्धान तथा कारबाहीका लागि बरामद सामान आजै राजस्व अनुसन्धान विभागमा पठाएको छ भने विस्फाेटक पदार्थसमेत रहेकाले सोही कसुरअन्तर्गतको मुद्दामा उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ।

ad
ad