१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
विश्व डिजिटल संस्करण

गर्मीका कारण स्पेनमा एक हप्तामै ६७९ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याड्रिड
नयाँ पत्रिका
Invalid date format १३:३२:oo

स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६ सय ७९ जनाको मृत्यु भएको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममा ६ सय ७९ जनाको ज्यान गएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार जुलाई १७ मा मात्र एकैदिन एक सय ६९ जनाको तातो हावाबाट ज्यान गएको बताइएको छ। यहाँको एक स्वास्थ्य संस्थाले गरेको अनुसन्धानबाट तातो हावाबाट सबैभन्दा धेरै यहाँका ज्येष्ठ नागरिकको ज्यान गएको पाइएको छ।

सो संस्थाले गरेको अनुसन्धानले यहाँ बुधबारसम्म ज्यान गएका ६ सय ७९ मध्ये चार सय ३० जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका देखाएको छ। स्पेनमा विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ। गर्मीका कारण मानिसहरूको ज्यान जाने क्रम रोकिएको छैन।

यहाँका स्वास्थ्य अधिकारीहरूले गर्मी अझै बढ्ने अनुमान गरिएको जनाएका छन्। उनीहरूका अनुसार तातो हावाबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने अनुमान छ। रासस/सिन्ह्वा