१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका न्यूयोर्क
२o८१ बैशाख ३० आइतबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

क्रिप्टोकरेन्सीबाट हात झिक्दै टेस्ला, बेच्यो ७५ प्रतिशत बिटक्वाइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:२३:oo

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफूसँग रहेको अधिकांश बिटक्वाइन बिक्री गरेको छ। कम्पनीले आफूसँग रहेको ७५ प्रतिशत बिटक्वाइन बिक्री  गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् २०२१ को अन्त्यमा यसको मूल्य दुई अर्ब अमेरिकी डलरबराबर रहेको बताइएको छ।

यस वर्ष मात्रै क्रिप्टोकरेन्सीको मूल्यमा ५० प्रतिशतभन्दा धेरैले गिरावट आएपछि टेस्ला क्रिप्टोकरेन्सीबाट टाढिएको हो। बिटक्वाइनको माइनिङमा खर्च हुने ऊर्जालाई कारण देखाउँदै टेस्लाले गत वर्ष नै बिटक्वाइन भुक्तानी स्वीकार नगर्ने जनाएको थियो। यद्यपि, कम्पनीका सिइओ एलन मस्कले कम्पनीसँग रहेको बिटक्वाइन बिक्री नगर्ने घोषणा गरेसँगै यसको मूल्यमा भएको गिरावट रोकिएको थियो।

मस्क क्रिप्टोकरेन्सी कारोबार गर्नेहरूमध्ये एक प्रभावशाली व्यक्ति मानिन्छन्। सामाजिक सञ्जालमा उनले लेख्ने स्ट्याटसहरूलेसमेत क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो असर गर्ने गरेको छ। गत वर्षको फेब्रुअरीमा टेस्लासँग बिटक्वाइनमा डेढ अर्ब अमेरिकी डलरबराबरको लगानी रहेको सार्वजनिक भएपछि यसको माग ह्वात्तै बढेको थियो। त्यस समयमा झन्डै ७० हजार डलर पुगेको एक बिटक्वाइनको मूल्य अहिले करिब २३ हजार डलर छ।

ad
ad