१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार १४:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

न्यायालयको सुधारमा ध्यान दिन सांसदहरूको जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:४७:oo

सांसदहरूले सामान्य नागरिकले सहज रूपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको समग्र सुधारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसदहरूले न्यायालयको सुधारसँगै वर्षाका कारणले हुने डुबान, सडक दुर्घटनालगायतका विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । सांसद प्रकाश रसाइली स्नेहीले पहुँचयोग्य न्याय नभएको बताए । समग्र न्यायालयको सुधारका लागि उच्चस्तरीय न्याय सुधार र निर्देशन आयोग गठन हुनुपर्नेमा उनको जोड छ । 

सांसद पार्वतीकुमारी विसुंखेले अदालतको पुनर्संरचना नहुँदा जनताको पहुँच न्यायमा नपुगेको र जनमुखी न्याय नभएको बताइन् । न्यायमूर्तिलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने उनको भनाइ छ । सांसद टेकबहादुर बस्नेतले मदन भण्डारी लोकमार्गका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।  सांसद दिव्यमणि राजभण्डारीले महँगी बढिरहँदा सचेत जनताले खर्च कटौती गर्न सार्वजनिक सवारीसाधन प्रयोग गर्नुपर्नेमा जोड दिए । 

सांसद दीपकप्रकाश भट्टले सुदूरपश्चिमको पहाडी जिल्लाबाट उपचारका लागि नेपालगन्ज जानुपर्ने बाध्यता भएकाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठाको आवश्यकता रहेको बताए । सांसद नवीना लामाले गंगालाललगायतका अस्पतालमा अहिले उपकरण अभावले मुटुको शल्यक्रिया नभएकाले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् । 

सांसद देवप्रसाद तिमल्सिनाले तराईमा ४०/४५ डिग्रीको तापक्रम हुँदा दिनभर काम गरेर खानुपर्नेले बाहिर निस्कन नसकेकाले जनतालाई राहतको व्यवस्था गर्नुपर्ने बताए । सांसद नारायणप्रसाद खतिवडाले टोखा–छहरे सुरुङमार्ग बजेटबाट हराएको र धेरै राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ भइरहेको औँल्याए । 

सांसद पवित्रा निरौला खरेलले दुर्गम क्षेत्रमा स्वास्थ्य संस्थामा सुविधा नहुँदा नागरिक सहरी क्षेत्रमा जानुपर्ने, तर सहरी क्षेत्रका अस्पतालमा सरकारीमा पहुँच र निजीमा ठूलो रकम चाहिएको बताइन् ।  

सांसद पूर्णकुमारी सुवेदीले वर्षायाम सुरु भए पनि नेपालगन्जमा जलमग्न भइरहेको र विगतमा पनि धेरै धनजनको क्षति भएकाले सरकारको ध्यानाकर्षण गराइन् । सांसद प्रभु साहले काठमाडौंमा पानी परे पनि तराईमा किसानले खेती गर्न नसकेको बताए ।  किसान आकासे खेतीमा बाँच्नुपरेको र उनीहरूले सिँचाइ, बिउ, मल नपाएको उनले बताए । 

सांसद डा. विजय सुब्बाले तेह्रथुम र पाँचथर जोड्ने तमोरको पुल ०६९ मा सुरु भएकामा अझै सम्पन्न नभएको र अहिले आएर निर्माण रोकिएको बताए ।  पुल निर्माण पूरा गर्नुपर्ने र ढिलाइ गरेमा कारबाही हुनुपर्नेमा उनको जोड छ । 
 

ad
ad