मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण ३ मंगलबार १२:०४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ताप्लेजुङमा ६० प्रतिशत धान रोपाइँ सकियो

Read Time : < 1 मिनेट
२०७९ श्रावण ३ मंगलबार १२:०४:००

ताप्लेजुङमा हालसम्म कुल धान रोपाइँ हुने क्षेत्रको ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। जिल्लामा कुल १० हजार नाै सय ९० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६ हजार पाँच सय ९४ हेक्टर जमिनमा रोपाइँ सकिएको कृषि कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ।

कार्यालयका बाली संरक्षण अधिकृत केसर मग्रातीका अनुसार अघिल्ला वर्षहरूमा यस अवधिमा ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिने गरेको थियो। यस वर्ष पानीको अभावका कारण रोपाइँ ढिला भएको मग्रातीले बताए।