१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कामना सेवाको डिसिइओमा दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:१४:oo

कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा करिब तीन दशक लामो अनुभव भएका दाहाल विगत पाँच वर्षदेखि एनएमबि बैंकको उच्च तहमा रही काम गर्दै आएको जनाइएको छ ।

उनले पछिल्लो दुई वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । त्यस्तै, दाहालले एनआइसी एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरिसकेको बैंकले जनाएको छ । 

बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्‍याउने बैंकले विश्वास व्यक्त गरेको छ ।

ad
ad