१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १७:४३:oo

नेपाली कांग्रेसले आगामी निर्वाचनमा वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने भएको छ। कांग्रेसको केन्द्रीय समिति बैठकले सत्तागठबन्धनमा रहेका दलहरूबीच आगामी निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको हो

असार २७ देखि बसेर आज सकिएको केन्द्रीय समिति बैठकले साउन मसान्तभित्र भ्रातृ संस्थाका समितिलाई पूर्णता दिने निर्णयसमेत गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। बैठकले स्थानीय निर्वाचन परिचालन समिति र केन्द्रीय परिचालन समितिको प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरेकाे छ।

कांग्रेसले केन्द्रीय अनुशासन समिति र लेखा समिति गठन गर्ने, तीन नयाँ भ्रातृ संस्थालाई मान्यता दिने, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आचारसंहिता लागू गर्ने र भदौ २ देखि २४ सम्म निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

ad
ad