
१३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रक्राउ गरेको छ । पर्वत घर भई हाल पोखरा महानगरपालिका–१३ बस्ने २४ वर्षीय खिमबहादुर विकलाई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
आरोपित बिकले ३१ असारको बिहान करिब १० बजे ती नाबालिकालाई ललाइफकाई पोखरा–५ स्थित लब्लीडाँडामा लगी जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । बालिकालाई करणी गरेपछि विक फरार थिए । बालिकाका परिवारले कार्यालयमा दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले फरार विकलाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ परेका विकलाई जबर्जस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतबाट आइतबार १० दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।