Skip This
भ्रमण सफल भयो, मोदीसँगको भेट किन ‘क्यान्सिल’ भयो थाहा भएन : अध्यक्ष प्रचण्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रमण सफल भयो, मोदीसँगको भेट किन ‘क्यान्सिल’ भयो थाहा भएन : अध्यक्ष प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:४६:oo

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अपेक्षानुसार सफल भएको बताएका छन् । तीनदिने भारत भ्रमण सकेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताए । 

अध्यक्ष दाहालले भ्रमणका क्रममा भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीहरूसँग भेट भएको बताए । भारतका विदेशमन्त्री एस जयशंकर, भारतका विदेशसचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डालगायतका पदाधिकारीसँग भेट गरेको उनले बताए । 

भेटमा नेपाल र भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल गरेको अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले अहिलेको प्रमुख समस्या पेट्रोलको रहेकोले भारतमा रुसबाट आउने कच्चा तेल नेपाललाई सहुलियतमा दिनेबारेमा पनि भ्रमणका क्रममा चर्चा भएको बताए । भारत भ्रमणपछि नेपाल–भारतबीचका विभिन्न समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको उनले बताए । 

‘म धेरै आशावादी भएर आएको छु । हामीले गरिरहेका कुराहरू केही सहज हुन्छन् भन्ने लागेको छ । हामीले पनि उहाँहरूका पार्टीका नेताहरूलाई बोलाओस् भन्ने प्रस्ताव छ,' उनले भने, 'यसले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ । तत्काल देखिएका केही समस्या समाधानमा आउनेछन् । यस भ्रमणले केही प्रगति हुन्छ भन्ने विश्वासका साथ आएको छु ।’

भारतमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेस नेतृ आरजु राणासँगको भेट स्वास्थ्य उपचारको कामना गर्न दूतावासमा भएको अध्यक्ष दाहालले बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँगको भेट अन्तिम समयमा आएर नभएको र त्यसको कारण पत्ता नलागेको पनि बताए । उनले भने, ‘मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन ।’ मोदीको कार्य व्यस्तता एवं आफूसँग गर्नुपर्ने कुरा पार्टी अध्यक्ष नड्डासँग भइसकेको कारण पनि भेट नभएको हुन सक्ने उनले बताए ।

अध्यक्ष प्रचण्डलाई स्वागत गर्न ऊर्जा, जलस्रोत तथा, सिँचाइमन्त्री पम्फा भुसाल, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ गहतराज, नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मालगायत नेताहरू विमानस्थलमा पुगेका थिए ।