
देशभर पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ९० जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख ८१ हजार २९४ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमितको संख्या एक लाख ४० हजार ९०७ रहेको छ । पछिल्लो समय थप ५१ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ९७५ पुगेको छ । यो दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ८२ हजार ९८९ जनाले खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या एक हजार ३८५ रहेको छ । जसमध्ये होम आइसोलेसनमा एक हजार ३४४, संस्थागत आइसोलेसनमा ४१, आइसियूमा १७ र भेन्टिलेटरमा एकजनाको उपचार भइरहेको छ । रासस