Skip This
यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ६ बिचौलिया पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ६ बिचौलिया पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २o:o६:oo

प्रहरीले काठमाडाैं महानगरपालिका–१५, सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरूलाई बिनाइजाजत सेवा लिने र दिने कार्यमा बाधा पुर्‍याई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिने छ बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई अनावश्यक हैरानी दिनुका साथै अभद्र व्यवहार गरेको भन्ने सूचनाका आधारमा प्रहरी बृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा उदयपुरका २४ वर्षीय अजय मगर र ४० वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्‍ववल्लभ लामा र २४ वर्षीय सुवास योन्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय बिमल पुलामी रहेका छन्।

 पक्राउ परेका सबैलाई मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।