Skip This
‘गहुँ, चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘गहुँ, चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:२९:oo

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गहुँ–चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालका लागि नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार टेकुस्थित सचिवालयमा आयोजना गरेको कार्यक्रममा नवनियुक्त राजदूतले यस्तो बताएका हुन् ।

महासंघ अध्यक्ष शेखर गोल्छाले भारत सरकारका तर्फबाट केही अत्यावश्यक वस्तुुको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या हुन थालेको राजदूत श्रीवास्तवलाई बताएका थिए । ‘हामी भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा छौँ, तपाईंहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ’ भेटवार्तामा राजदूतले भने, ‘हामी दुवैै देश ज्वाइन्ट भेन्चरजसरी नै काम गर्न चाहन्छौँ ।’ 

अध्यक्ष गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वाधार विकास, प्रयोगशालाको स्तरीकरण तथा थप ल्याबको विस्तार, गैरभन्सार अवरोधका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए । 

‘सडक, रेल, हवाई र साथै डिजिटल कनेक्टिभिटीमा देखापरेका समस्याको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन भारत सरकार तयार छ,’ राजदूत श्रीवास्तवले भने, ‘ल्याब टेस्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तको ल्याब स्थापना भएको, काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भइरहेको छ ।’ अर्को ल्याब उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्यमन्त्रीसमक्ष अनुुरोध गरेको पनि राजदूतले जानकारी गराए । गैरभन्सार अवरोधका सम्बन्धमा महासंघले राखेका गुुनासातर्फ आफ्नो ध्यानाकर्षण भएको बताउँदै राजदूत श्रीवास्तवले बताए ।