१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेन्चुरीको कार्ड मोको डिजिटल वालेटमा चल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:२o:oo

सेन्चुरी कमर्सियल बैंक लिमिटेडका भिसा डेबिट र क्रेडिट कार्डवाहकले क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहितको डिजिटल वालेट पाउने भएका छन् । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरूमा प्रयोग गर्न मिल्ने बनाउनेसम्बन्धी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता भएको हो । 

सम्झौताअनुसार सेन्चुरी बैंकका डेबिट कार्डलगायत क्रेडिट कार्ड वाहकहरूले सम्बन्धित कार्डको सर्त बन्देज तथा सुविधाको अधीनमा रही क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकलाई थप सुविधा प्राप्त हुने जनाइएको छ । मोको डिजिटल वालेटमा कार्डहरू लोड गरिसकेपछि विभिन्न प्रयोजनका लागि भौतिक कार्डको समेत आवश्यकता नपर्ने बैंकले जनाएको छ ।  

सम्झौतामा मोको डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकका प्रमुख व्यापार प्रवद्र्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका थिए । बैंकले हाल देशभरमा एक सय ४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
 

ad
ad