१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेशका अर्थमन्त्रीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:२o:oo

असार २५ गतेदेखि कर्णाली केयर अस्पतालमा उपचाररत कर्णाली प्रदेशका अर्थमन्त्री बिन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा अहिले उनको उपचार भइरहेको कमलकुमार रावतले फेसबुकमार्फत जानकारी दिएका छन् । उनको घाँटी र फोक्सोमा समस्या रहेको जनाइएको छ ।

रावतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री माननीय बिन्दमान विष्टको स्वास्थ्यमा समस्या भई असार २५ गते रातिदेखि कर्णाली केयर हस्पिटलमा भर्ना भई आजसम्म उपचारको गर्दै गर्दा स्वास्थ्यमा सन्तोषजनक सुधार नआएकाले चिकित्सकको सल्लाहबमोजिम थप उपचारका लागि काठमाडौको मेडिसिटी हस्पिटल  रिफर गरिएको छ । आशा छ दाइ हजुरको स्वास्थ्यमा पूर्ण सुधार हुनेछ, शीघ्र स्वास्थ्यलाभको कामना ।’

ad
ad