
लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पालाई सम्मान गरेको छ । बैंकले स्थापनाको १५औँ वार्षिकोत्सवको अवसर पारेर शेर्पालाई सम्मान गरेको हो ।
बैंकको स्थापनाकालदेखि नै निरन्तर बैंकसँगै सहयात्रा गर्दै आएका शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका छन् । उनले २६औँपटक सगरमाथा आरोहण गर्दा बैंकको लोगो अंकित ब्यानर पनि सगरमाथा शिखरमा पुर्याएको बैंकले जनाएको छ ।
आरोही शेर्पालाई बैंकका अध्यक्ष दशरथ रिसालले सम्मानपत्र प्रदान गरेको जनाइएको छ । शेर्पाले आफ्नो कीर्तिमानी आरोहण आफ्ना लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालका लागि रहेको बताए । उनको यो साहसिक कार्यले लुम्बिनी विकास बैंकका साथै सम्पूर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको बैंकले जनाएको छ । हाल बैंकले ८६ शाखामार्फत सेवा दिँदै आएको छ ।