१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका हेटाैंडा
२o८१ जेठ ६ आइतबार o६:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती प्रदेशका साना र बहुवर्षीय योजना तीन महिनादेखि ठप्प

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, हेटाैंडा
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:५१:oo

साना–ठूला गरी बागमती प्रदेशका सयौँ योजना अलपत्र परेका छन् । निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण तत्काल काम अघि बढाउन नसक्ने भन्दै निर्माण व्यवसायीले विकास निर्माणका योजना अलपत्र पारेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले बहुवर्षीय र साना योजनामा समावेश गरेर अघि बढाएको विकास निर्माण ठेकेदारकै कारण अलपत्र परेको हो । 

बजारमा निर्माण सामग्रीको मूल्यवृद्धि र पेट्रोलियम पदार्थमा पनि महँगी बढ्दा काम अघि बढाउन समस्या भएको भन्दै निर्माण कम्पनीले योजनाहरू अलपत्र पारेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले बताए । ‘ठेक्का लिएका निर्माण कम्पनीले महँगीका कारण काम अघि बढाउन समस्या भएको गुनासो गरिरहेका छन्,’ उनले भने, ‘निर्माण कम्पनीहरूले मूल्यवृद्धि समायोजन नगरेको भन्दै काम रोकिरहेका छन् ।’

सिन्धुपाल्चोकमा मुडे–बाघखोर–कालापानी सडक स्तरोन्नति, दोलखा–बाह्रबिसे–धुस्कुन–पिस्कर सडक स्तरोन्नति, किलो–अत्तरपुर–लिसंखु सडक आयोजना, चौतारा–सिपाघाट–कात्तिके काठमाडौं (झ्याडी–देउराली खण्ड) सडक, सिताकोथान–जुँगुँ–झ्याँकु गाउँपालिका सडक स्तरोन्नति, दोलखामा नौबिसे–चौतारा सडक, भटमासे–जिलु सडक, दोलखा–चर्नावती खोला सडक पुल आयोजना, दोलखा–चरिकोट–कालिञ्चोक (देउराली–कुरी खण्ड) सडक आयोजनाको काम अघि बढ्न सकेको छैन । 

पूर्वाधार विकास कार्यालय रामेछापबाट भइरहेको बहुवर्षीय योजनाको निर्माण कार्य अलपत्र परेका छन् । खानीखोला पुल, मन्थली गल्भा चौरी सडक, खिम्ती बेतली धारापानी सडक, कालोचौतारा–सिंगटी–गल्भ सडक, सिक्टा–भिरपानी सडकखण्ड, लिखु करिडोर र मन्थली–गाईखुरा सडकखण्डको काम अलपत्र परेको मन्त्रालयले जनाएको छ । 
प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीबाट बहुवर्षीय योजनामा लगाएको ठेक्का अघि बढ्न सकेको छैन । कार्यालयले क्यान खोला सडक पुल, क्यनेस्वर क्वार्टर, सिन्धुली, आरुबोटे खोला पुल, सुनकोसी, मरिण खोलामा पक्की पुल (हरिहरपुर गाउँपालिका–२ को बाखफर र वडा–४ को हाकपुर जोड्ने सडक), सिन्धुली, कमलामाई नगरपालिका–९ र १० जोड्ने सडकको कमला नदीमा पक्की सडक पुल, सिन्धुलीगढी–मझुवा–काफलचौरी–दुम्जा सडक आयोजना, सिन्धुली, भीमस्थान–चकमके–उदयपुर कटारी सडक (दोस्रो खण्ड) अलपत्र परेको छ । 

सिन्धुली, भीमस्थान–चकमके–उदयपुर कटारी सडक, घाँसा–कल्लेरी–मालुखोला सडक दोलखा, सुकुटे–चापागाउँ–मेलडाँडा–थोकार्पा भञ्ज्याङ सडक, सिन्धुपाल्चोक, फिल्मसिटी एक्सेस सडक (कालोपत्रे कार्य), दोलखा–जगाडी–धनसरी सडक कालोपत्रे, सिन्धुली–बौलाखोला पक्की पुल, पातीपरान खोला स्ल्याब कजवे, कमला नगरपालिका र लुङ्लिटार–दुम्की–ठाक्ले–बाँसकटेरी सडक योजना अलपत्र परेको छ । 

पूर्वाधार विकास कार्यालय चितवनले चालू आर्थिक वर्षमा बहुवर्षीय तथा साना एक सय ४१ वटा योजना निर्माण कार्य सम्पन्न गर्न नसक्ने मन्त्रालयलाई पत्राचार गरिसकेको छ । प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले एक सय ८० वटा योजना प्रभावित भएको र नौवटा बहुवर्षीय योजना बढी प्रभावित बनेको पत्रमार्फत मन्त्रालयलाई जानकारी दिइसकेको छ ।

ad
ad