१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार २o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ढिलो चाँडो नेपाल श्रीलंकाको अवस्थामा पुग्छ : नेता श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:३o:oo

नेकपा (माओवादी केन्द्र) नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो चाँडो श्रीलंकाको अवस्थामा पुग्ने दाबी गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता श्रेष्ठले अहिले नै नेपाल श्रीलंकाको अवस्थामा नपुगेको भए पनि भ्रष्टाचार र अपारर्शिता र समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्तिले ढिलो चाँडो नेपाललाई श्रीलंकाकै अवस्थामा पुर्याउने दाबी गरेका हुन् । 

‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौँ। यो सही नै हो,’ उनले लेखेका छन्, ‘तर तितो र नांगाे सत्य यो पनि हो कि निष्ठा, विचार– सिद्दान्त एवं मूल्यविहीन भ्रष्ट– स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता,आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रूपमा पुर्याउने त्यतै हो ।’ 

नेता श्रेष्ठले सचेत भएर समयमै यथास्थिति तोड्ने ‘सकारात्मक धक्कायुक्त हस्तक्षेप’को निम्ति सामूहिक एवं संगठित प्रयत्न गर्न आह्वानसमेत गरेका छन् । 

ad
ad