१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बर्दियामा सिकलसेलका पाँच सय ६१ बिरामी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:३८:oo

बर्दियाका थारू समुदायमा सिकलसेल र थाइलोसोमिया रोग बढी देखिएको छ । भेरी अस्पताल बाँकेमा उपचार गराउने बिरामीमध्ये सबैभन्दा बढी बर्दियाका छन् । उपचार गराउनेमा बर्दियाका पाँच सय ६१, दाङका तीन सय, कैलालीका एक सय १८, बाँकेका एक सय २४ र सुर्खेतका ३१ जना छन् । 

जिल्ला स्वास्थ्य कार्यालयले शनिबार आयोजना गरेको सिकलसेल तथा थालेसेमिया रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । बर्दियाका सिकलसेल एनिमिया भएका बिरामी बाँकेको भेरी अस्पतालमा उपचारका लागि जाने गरेका छन् । 

स्वास्थ्य कार्यालय बर्दियाले एक हजार नौ सय ९२ जनामा गरेको स्क्रिनिङ जाँचमा ११ प्रतिशत सिकलसेल र थाइलोसोमिया ४ प्रतिशतमा फेला परेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार बर्दियामा सबैभन्दा बढी सिकलसेल बिरामी राजापुर नगरपालिकामा फेला परेका छन् । राजापुर नगरपालिकामा पाँच सय पाँचजनाको रगत जाँच गर्दा ८० जना (१६ प्रतिशत)लाई सिकलसेल देखिएको छ । 

गेरुवा गाउँपालिकामा तीन सय ४४ जनामा रगत जाँच गरिएकोमा १४ प्रतिशतमा सिकलसेल देखिएको छ । बाँसगढी नगरपालिकामा दुई सय २५ जनामध्ये १३ प्रतिशतमा, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा समान १० प्रतिशत, ठाकुरबाबा नगरपालिकामा ८ प्रतिशत सिकलसेलका बिरामी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

गुलरिया नगरपालिकाका एक सयजना मधेसी समुदायको रगत जाँच गर्दा चारजनामा थाइलोसोमिया फेला परेको छ । बारबर्दिया नगरपालिकाका दुई सयजना पहाडी समुदायको रगत जाँच गर्दा सिकलसेल र थालेसोमिया फेला परेन । यसअघि बारबर्दिया नगरपालिकाले थारू समुदायका एकदेखि २९ वर्ष उमेरसमूहका २० हजार थारू युवा तथा बालबालिकालाई जाँच गर्दा ११.३ प्रतिशतमा सिकलसेल फेला परेको थियो ।

थारू समुदायका युवाले रगत जाँच गरेर सिकलसेल थाइलोसोमिया कुण्डली मिलाएर विवाह गरेमा जन्मेका सन्तानमा रोग देखा नपर्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । उनले मलेरिया रोग हुने र लामखुट्टे पाइने स्थानमा यो रोग देखा पर्ने गरेको बताए । 

विवाह गर्दा सिकलसेल परीक्षण गरेर मात्र गर्न आमसमुदायलाई जानकारी गराइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । सिकलसेल तथा थाइलोसोमिया रोग नेपालमा जनस्वास्थ्य समस्याको रूपमा लिइएको छ । 

ad
ad