१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलले ल्यायो ‘डबल मज्जा प्याक’ डेटा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:४५:oo

एनसेल आजियाटा लिमिटेडले नौलो र आकर्षक डेटा अफर ‘डबल मज्जा प्याक’ ल्याएको छ । कम्पनीले ग्राहकलाई एक सय २५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा प्रदान गर्ने योजना ल्याएको हो । 

योजनाअनुसार यदि ग्राहकले सात दिनको समयसीमा रहेको पाँच जिबी डेटा एक सय २५ रुपैयाँमा खरिद गरेपछि प्याकको समयसीमा सकिनुभन्दा पहिले नै उक्त प्याक पुनः खरिद गरेमा उही शुल्कमा पाँच जिबीको सट्टामा १० जिबी डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

समयावधि सकिनुअघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोहीअनुसार थपिँदै जाने यसको विशेषता रहेको जनाइएको छ । यसमा अघिल्लोपटक किनेको डेटाको समय भने जोडिँदै जाने उल्लेख गरिएको छ । यसको अधिकतम म्याद २८ दिन रहने कम्पनीको भनाइ छ ।  

कम्पनीका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकलाई निरन्तरको प्रयास र नवीन सेवामार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मज्जा प्याकले ग्राहकलाई ठूलो महत्व राख्छ ।’

यो प्याक एनसेल एप, एनसेलको वेबसाइट र इसेवा, खल्ती, आइएमइपेजस्ता वालेटबाट पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।