१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o८:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गुल्मीको सत्यवती क्षेत्रमा चियाबगान बनाइँदै, धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:oo:oo

गुल्मीको ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीयस्थल सत्यवतीमा चियाबगान बनाउन थालिएको छ । सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेकको सबैभन्दा माथिल्लो भूभागमा सत्यवती संरक्षण क्षेत्र पर्छ । सत्यवती लेकको धार्मिक महत्वसँगै पर्यटनमा थप टेवा पु¥याउने उद्देश्यले चियाबगान निर्माणको काम सुरु गरिएको गाउँपालिका प्रमुख टीकाराम पाण्डेयले बताए । 

यस वर्ष तीन हजार चियाका बिरुवा सत्यवती क्षेत्रमा लगाइने र चियाबगानबाट पर्यटन प्रवद्र्धनसँगै अर्थोपार्जनमा टेवा पु¥याउने उद्देश्यले योजना अगाडि बढाएको पाण्डेयले बताए । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराबाट चियाका बिरुवा ल्याएर सत्यवतीको करिब आठ रोपनी क्षेत्रमा रोप्न सुरु गरिएको छ ।

यी बिरुवाको रेखदेख दीर्घकालीन रूपमा गाउँपालिकाले जनशक्ति व्यवस्थापन गरेर गर्नेछ । तर, अहिलेलाई स्थानीय समूहहरू परिचालन गरिएको सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितु तरामुले जानकारी दिए ।

सत्यवतीको लुम्पेक गाउँ सांस्कृतिक हिसाबले अब्बल छ । ६५ प्रतिशत मगर समुदाय भएको ठाउँमा सत्यवती धार्मिक क्षेत्रलाई जोडेर अरू पर्यटनका काम पनि अगाडि बढाइएको तरामुले बताए । 

प्रख्यात सोरठी, झ्याउरे, सालैजो र स्थानीय परिकारलाई केन्द्रमा राखेर मोर्डन भिलेज अर्थात् रौउँता होमस्टे सञ्चालनको तयारी पनि भइरहेको छ । रुरु धामबाट रुद्रवेणी हुँदै करिब एक घन्टामा सत्यवती लेक पुगिन्छ । रिडी–रुद्रवेणी सडकखण्डबाट सत्यवती धार्मिक तथा पर्यटकीय क्षेत्र दूरीका हिसाबले २४ किमि टाढा पर्छ । स

डक स्तरवृद्धिको काम बाँकी छ । रुरु धामबाट रुद्रवेणी राममन्दिर, कालीगण्डकी र बडीगाढको संगम हुँदै अस्लेवा कृषि पर्यटनसँग पर्यटकलाई जोड्ने गाउँपालिकाको योजना रहेको छ ।

लुम्पेकमै कफी सुपरजोनबाट कफी प्रशोधन केन्द्र स्थापना गरेर १० हजार कफप् रोपिएको वडाध्यक्ष तरामुले बताए । सत्यवती लेकमा कात्तिक शुक्ल चतुर्दशी र पूर्णिमामा विशेष मेला लाग्ने गर्छ । बैरै बजै (सत्यदेवी) भएकाले चिच्याएर वर माग्नेहरूको मेलामा घुइँचो हुन्छ ।

सत्यवती क्षेत्रमा १६ सय मिटर पदमार्ग निर्माण, पिकनिक स्पोर्ट, मन्दिरका संरचनाहरू, गेट, वाल, खानेपानी निर्माण गरिएको सत्यवती क्षेत्र संरक्षण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष युवराज तरामुले जानकारी दिए । जसका लागि संघ र प्रदेश सरकारबाट सहयोग भएको छ । 

ad
ad