१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o८:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वैदेशिक सहायता प्रतिबद्धता साढे १० प्रतिशतले बढ्यो

१० महिनामा वैदेशिक सहायता प्रतिबद्धता दुई खर्ब २३ अर्ब, प्राप्ति एक खर्ब ११ अर्ब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:o२:oo

नेपालको वैदेशिक सहायता प्रतिबद्धता साढे १० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको १० महिनामा विभिन्न विकास साझेदारहरूले नेपाललाई दुई खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ सहायता दिने प्रतिबद्धता गरेका छन् ।

यो प्रतिबद्धता अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष ०७७÷७८ को १० महिनासम्ममा दुई खर्ब दुई अर्ब २८ करोडको प्रतिबद्धता आएको थियो । 

सरकारले चालू आर्थिक वर्षमा ऋण दुई खर्ब ८३ अर्ब नौ करोड र अनुदान ५९ अर्ब ९२ करोड गरी कुल तीन खर्ब ४३ अर्ब एक करोड रुपैयाँ वैदेशिक सहायता परिचालन गर्र्ने लक्ष्य राखेको छ । १० महिना अर्थात् वैशाख मसान्तसम्ममा विकास साझेदारहरूबाट एक खर्ब ३४ अर्ब ६१ करोड ऋण र ८९ अर्ब १७ करोड अनुदान सहायताको प्रतिबद्धता आएको हो ।

कुल वैदेशिक सहायतामा ऋणको अंश ६०.८ प्रतिशत र अनुदानको अंश ३९.२ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ । कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये युएसआइडीको ३५.६ प्रतिशत, आइएमएफको २०.९ प्रतिशत, विश्व बैंकको १७.४ प्रतिशत र एसियाली विकास बैंककको १२.३ प्रतिशत रहेको छ । बाँकी १३.८ प्रतिशत सहायता प्रतिबद्धता भने अन्य विकास साझेदार रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

सबैभन्दा बढी बजेटरीमा, खानेपानीमा कम
अर्थ मन्त्रालयका अनुसार कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी बजेटरी सहायतातर्फ ६९.२ प्रतिशत र सबैभन्दा कम खानेपानी तथा सरसफाइमा १.४ प्रतिशत आएको हो । त्यस्तै, कोभिडका लागि ८.८ प्रतिशत, शिक्षामा ७.१ प्रतिशत, ऊर्जामा ३.२ प्रतिशत, स्वास्थ्यमा ३.६ प्रतिशत, कृषिमा ५.२ प्रतिशत र वन तथा वातावरणमा १.५ प्रतिशत वैदेशिक सहायता प्रतिबद्धता आएको हो ।

प्रतिबद्धताको आधा प्राप्ति
महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्ममा १३ अर्ब ८८ करोड वैदेशिक अनुदान प्राप्ति (परिचालन) भएको छ । त्यस्तै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९७ अर्ब ६४ करोड रुपैयाँ विदेशी ऋण प्राप्ति (परिचालन) भएको छ । अर्थात्, सरकारले वैशाख मसान्तसम्म कुल एक खर्ब ११ अर्ब ५२ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन गरेको देखिन्छ । 

वैदेशिक सहायता प्रतिबद्धताको तुलनामा प्राप्ति झन्डै आधा देखिन्छ । खर्च गरेपछि शोधभर्ना भई प्राप्ति हुने भएकाले प्रतिबद्धता र प्राप्ति फरक देखिने गरेको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताए । ‘प्रतिबद्धता हुनु भनेको सहायता आयसरह नै हो,’ उनले भने, ‘हामीले खर्च गर्न सक्यौँ भने त्यो आइहाल्छ नि ।’

ad
ad