१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ ६ आइतबार १४:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वनमन्त्री यादवलाई गृहजिल्लामा चाँदीको मुकुट र ५१ किलोको मालाले स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:o३:oo

नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको छ। पर्सा क्षेत्र नम्बर १ का सांसद यादव मन्त्री बनेर पहिलोपटक गृहजिल्ला पर्सा पुगेपछी उनलाई चाँदीको मुकुट र ५१ किलोको माला  लगाएर स्वागत गरिएको हो।

जसपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री यादवलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले चाँदीको मुकुट लगाएर सम्मान गरेका हुन्। यस्तै, मन्त्री यादवलाई जसपा पर्साका अध्यक्ष रामनरेश यादवले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका हुन्। यसअघि मन्त्री यादवले वीरगन्ज घन्टाघरस्थित सहिद स्मारक पुगेर माल्यार्पण गरेका थिए।

 

ad
ad