१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १३:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भोलिबाट काठमाडौंमा दुईदिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:२६:oo

भाेलि आइतबारदेखि दुई दिन काठमाडौंको पशुपतिक्षेत्रमा सञ्चालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्यलगायत धार्मिक व्यक्तित्वहरूबाट उद्घाटन हुने कार्यक्रम दुई चरणमा सम्पन्न हुनेछ। उद्घाटन सत्रमा ॐ कार परिवारभित्रका हिन्दू, बौद्ध, किराँत, सिख र जैनलगायत विभिन्न सम्प्रदायका अगुवालगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधिह सहभागी हुनेछन्। 

बन्दसत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा. जगमान गुरुङ, डा. चन्द्रकुमार शेर्मा, मोहन रुम्बा लामा, धार्मिक अध्येता डा. निर्मला पोखरेल, लेखक बिनु पोखरेल, डा. विष्णु भण्डारीले विभिन्न विषयमा  कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनले नेपालमा बढिरहेको धर्मान्तरलाई रोक्ने र नेपाललाई हिन्दूराष्ट्रको रूपमा पुनर्स्थापना गर्ने मार्गचित्रलगायत विषयहरु पारित गर्ने तयारी रहेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए। आयोजक संस्था राष्ट्रिय सनातन धर्म संस्कृति महासंघका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीका अनुसार सम्मेलनमा विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिहरु, विभिन्न जिल्लाका प्रतिनिधि, हिन्दुत्व अभियानमा जोडिएका धार्मिक अगुवाहरु, लेखक, बुद्धिजीवी,  ॐ कार परिवारसँग  आबद्ध ब्यक्तित्वहरूको सहभागीता रहने छ।

ad
ad