१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार ११:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक सातामा चट्याङले एकजनाको मृत्यु, १७७ भेडाबाख्रा मरे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:३५:oo

जुम्लामा एक सातामा चट्याङले एकजनाको मृत्यु भएको छ भने १७७ भेडाबाख्रा मरेका छन् । बुधबार चट्याङले तिला गाउँपालिका– ९ मालापानीका १८ वर्षीय प्रेम बूढाको मृत्यु भएको हो ।

घरबाट सिमी गोडमेल गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तातोपानी गाउँपालिका– ८ को भेडीखर्क पाटन क्षेत्रको डैसिले लेकको धर्मशालामा चट्याङले ४७ वटा भेडाबाख्रा मरेका हुन् । बुधबार बेलुका तातोपानी– ८ डैसिले लेकको धर्मशालामा परेको चट्याङले ४७ वटा भेडाबाख्रा मरेको र ३८ वटा घाइते भएको तातोपानी– ८ का वडाअध्यक्ष नरबहादुर रावतले बताएका छन् ।

भेडापालक लालबहादुर शाही, बलबहादुर शाही, नैने शाही, रामबहादुर शाही, खडक शाही, तिला गाउँपालिका– ४ का मणिचन्द्र उपाध्याय र दीपक चौलागाईंका भेडाबाख्रा मरेका हुन् । तातोपानी गाउँपालिका ६ का अध्यक्ष विशाल खड्काको नेतृत्वमा क्षति विवरण संकलनका क्षतिग्रस्त स्थलमा पुगेर फर्किएको छ ।

तथ्यगत विवरण संकलन गरी फर्किएको वडाअध्यक्ष खड्काले बताए । क्षतिपूर्ति र राहत प्रदानका लागि गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरिने समेत उनले बताएका छन्  । यस्तै जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको बागजाले पाटनमा १७ असार बेलुका चट्याङ पर्दा १३० भेडाबाख्रा मरेका छन् भने तीन सयभन्दा बढी बेपत्ता भएका छन् । यस घटनाबाट भेडापालक कृषकको आयस्रोत नै गुमेको छ । 

भेडाबाख्राको एक बथानमा चट्याङ पर्दा भेडाबाख्रा मर्नुका साथै बेपत्ता भएका हुन् । सोही गाउँपालिका– ४ का भेडापालन बर्खा सिजनमा बागजाले पाटनमा भेडाबाख्रा पालन गर्दै आएका थिए । बेपत्ता हराएका भेडा अझै भेटिएका छैनन् ।

चट्याङ पर्दा भेडाबाख्रा मरेपछि कृषकको आयस्रोत नै गुमेको पशुसेवा प्राविधिक हरि सार्कीले बताए । उनले भने विपत्का कारण कृषकले ठूलो क्षति व्यहोर्नुपरेको छ । राज्यले क्षतिपूर्ति तथा राहतको व्यवस्थापन गर्न आवश्यक देखिएको छ । 
 

ad
ad