१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार २o:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जुम्लाका १४ कृषक पुरस्कृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:३४:oo

प्रोत्साहत स्वरुप जुम्लाका १४ जना किसान पुरुस्कृत भएका छन् । कृषितर्फ सात र पशुपंक्षीतर्फ सात जना गरी १४ जना किसान मुख्यमन्त्री उत्कृष्ठ कृषक पुरस्कारबाट पुरुस्कृत भएका हुन् ।

उत्कृष्ट किसानलाई शुक्रबार एक कार्यक्रमकाबीच प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले पुरस्कार वितरण गरेका हुन् ।
पशुपंक्षी पालनतर्फबाट तातोपानी गाउँपालिका–४ की गंगादेवी उपाध्याय पुरस्कृत भएकी छिन् । गाउँपालिकाको पूर्वउपाध्यक्षसमेत रहेकी उपाध्यायले अहिले व्यवसायिक कालिज पालन गरेकी छिन् । त्यस्तै, चन्दननाथ नगरपालिका–२ का कमला बुढथापा (बाख्रापालन), चन्दननाथ–३ का अम्मरसिंह भ्रकी (घाँसखेती), चन्दनाथ–३ कै जंगबहादुर खत्री (भेडापालन), चन्दननाथ–६ का डिल्लीबहादुर रावल, गुठीचौर–५ का गोपाल महत (भैँसीपालन) तर्फ र कनकासुन्दरी–१ का कर्णसिंह कठायत जनही १० हजार र प्रमाणपत्रसहित पुरस्कृत भएका हुन् ।

कृषि क्षेत्रतर्फ तिला गाउँपालिका–८ का बुद्धि बस्नेत, पातारासी–४ की सुशीला बोहोरा, तातोपानी–१ का परान धराला, चन्दननाथ–५ का निरोजराज गिरी, गुठिचौर–५ की बबिता भण्डारी, सिंजा–४ का गगनबहादुर शाही र कनकासुन्दरी–४ का नरबहादुर घर्ती गरी सातजना कृषक पुरस्कृत भएका हुन् ।  उनीहरूले पनि जनही १० हजार नगदसँगै प्रमाणपत्र पाएका छन् ।

वास्तविक किसान नछुट्ने र नक्कली किसान नपर्ने गरी तथा पहिले पुरस्कृत भएका किसान नदोहोरिने गरी कार्यविधि तथा मापदण्डअनुसार किसानको छनोट गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए । 

पुरस्कारले व्यवसायप्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको तातोपानी–४ की गंगादेवी उपाध्यायले बताइन् । तातोपानी गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत रहेकी उपाध्यायले अनुदानमुखीभन्दा पनि किसान उत्पादनमुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् । 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुने र उत्पादन वृद्धिमा टेवा पुग्ने बताए । सरकारको लगानीअनुसार कृषि र पशुपालन क्षेत्रबाट अपेक्षित उपलब्धि नभएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले कृषिमा युवा आर्कषण बढ्दो क्रममा रहेकोले स्थानीय तहले युवामैत्री नीति निर्माणमा जोड दिन सुझाइन् । उनले किसानको उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताइन् ।

जिल्ला कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयको संयुक्त आयोजनामा १४ जना उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए ।

 

ad
ad