मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Friday, 14 August, 2026
मुख्य समाचार डिजिटल संस्करण

संसदमा सुवालको प्रश्न–एसपिपी अस्वीकारबारे पत्राचार नगर्ने परराष्ट्रमन्त्रीलाई किन कारबाही नगर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार १६:२o:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले परराष्ट्रमन्त्रीलाई पनि कारबाही गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले एसपिपीमा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारसँग माग गरेका हुन्। 

‘मन्त्रिपरिषद्ले एसपिपी खारेज गर्ने निर्णय गरेकोलाई अध्ययन हुँदै छ भनी पत्राचार नगर्ने परराष्ट्रमन्त्रीमाथि कारबाही किन हुँदैन?’ उनले भने।