१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:३२:oo

अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार बुधबार प्रधानमन्त्रीे सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार पनि उनलाई नै तोकेकी हुन् । 

यसअघि गत १ पुसमा रक्षामन्त्री रहेका मीनेन्द्र रिजालले १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि पदबाट राजीनामा दिएका थिए। त्यसयता कांग्रेसको कोटामा परेका रक्षा मन्त्रालयमा कांग्रेसले कसैलाई मन्त्रीको जिम्मेवारी दिएको छैन । प्रधानमन्त्री देउवाले नै रक्षा मन्त्रानलयको जिम्मेवारी सम्हाल्दै आएका छन्। 

 

 

 

ad
ad