१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अध्यागमनमा बदमासी छ, अनुसन्धान गर्न कर्मचारी योग्य छैनन् : सांसद सिलवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:१६:oo

नेकपा एमालेका सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताएका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिलवालले यस्तो बताएका हुन् ।

सांसद सिलवालले भने, ‘अध्यागमनमा बदमासी छ । अहिले विभिन्न प्रविधिको प्रयोग गरेर अपराधीहरू घुस्ने र अपराध गर्ने क्रियाकलाप छ, त्यसमा अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य हुनुहुन्न ।’
सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरीबाहेक अरूलाई दिन नहुने बताए । अध्यागमनमा आफ्नै कर्मचारीले गरेको घोटलाबारे त्यही निकायले छानबिन गर्न नहुने भन्दै नेपाल प्रहरी नै अनुसन्धानको लागि सही विकल्प भएको उनले बताए । ‘अध्यागमनमा आफ्नै मान्छे जो इन्भल्व हुन्छ, घोटालामा त्यही मान्छेको डिजीले त्यही निकायले त्यसैलाई अनुसन्धान गर्ने भन्ने कुरा प्राकृतिक न्याय सिद्धान्तको विपरित हो,’ उनले भने, ‘नेपाल प्रहरी भनेको विशेषज्ञ, अनुसन्धान गर्ने निकाय हो । यो अनुसन्धान गर्ने काम प्रहरीको हो, प्रहरीलाई दिनुहाेस् ।’ 

सांसद सिलवालले नेपाल प्रहरीलाई अनुसन्धानको अधिकारबाट हटाउने कुरामा आफ्नो विमति रहेको बताए । अध्यागमनमा बदमासी रहेको भन्दै प्रणालीगत ढंगले संयन्त्र बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले राष्ट्रको सुरक्षामाथि खेलबाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरूलाई दिने कुरामा मिनी सांसदले सहमति जनाउन नहुने धारणा राखे । 

सांसद सिलवालले सरकारले अब महानगरीय प्रहरी सिस्टमको बारेमा सोच्न आवश्यक रहेको पनि बताए । 
 

ad
ad