१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेन्चुरी बैंंकका ग्राहकलाई सिद्धार्थनगर अस्पतालमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:o८:oo

सेन्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचारमा छुट दिने सम्झौता भएको छ । बैंक र अस्पतालबीच विभिन्न सेवा–सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । 

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्तालगायतका सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई सिद्धार्थनगर सिटी अस्पतालको ओपिडी टिकट, ल्याब शुल्क, एक्सरे, भिडियो एक्सरे, जनरल बेड चार्ज, फिजियो थेरापीमा १० प्रतिशत तथा बेड–क्याबिन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको जनाइएको छ ।

सम्झौतामा सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेको जनाइएको छ । हाल बैंकले देशभरमा एक सय ४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

ad
ad