मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
२०७९ असार १९ आइतबार १३:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्मचारीको मृत्युपछि बुद्धनगरस्थित केएमसी स्कुलमा प्रदर्शन 

Read Time : < 1 मिनेट
२०७९ असार १९ आइतबार १३:२१:००

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा कार्यरत कर्मचारीको मृत्युको विषयलाई लिएर मृतकका आफन्तले प्रदर्शन गरेका छन्। आक्रोशित समूहले स्कुलको होर्डिङबोर्ड तथा डिजिटल बोर्ड तोडफोड गरेको प्रहरीले जनाएको छ।

प्रदर्शन रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार आक्रोशित आफन्तले विद्यालयमा तोडफोड गरेका छन्। 

काभ्रेको तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको कोठाभित्र झुन्डिएको अवस्थामा शनिबार भेटिएकी थिइन्। स्कुल प्रशासनका अनुसार रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन्। उनको मृत्युपछि उनका आफन्तले हत्याको दाबी गर्दैै प्रदर्शन गरेका छन्।

सत्यतथ्य छानबिनको माग गर्दै उनीहरूको मृतकको शव बुझेका छैनन्। पोस्टमार्टमका लागि मृतक रायमाझीको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।