मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १९ आइतबार ०७:४७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमतीको उत्कृष्ट व्यावसायिक संस्थाको पुरस्कार हिलटप जुनारलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १९ आइतबार ०७:४७:००

बागमती प्रदेशको उत्कृष्ट सहकारी संस्थाको पुरस्कार हिलटप जुनार बहुउद्देश्यीय सहकारीले पाएको छ । १००औँ अन्तर्राष्ट्रिय सहकारी दिवस तिनकुने काठमाडौंस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए ।

सहकारी संस्था काठमाडौंमा भए तापनि बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रित नभएर कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै युवाहरूलाई नेपालभित्रै काम गर्न प्रेरित गर्दै आएको छ । संस्थाले उद्देश्यअनुसार लगानीमा विविधीकरण गर्दै सुपथ मूल्यको उपभोक्ता सहकारी पसल सञ्चालन, एकीकृत कृषि फार्म तथा दूध प्रशोधन उद्योग सञ्चालन गरेको छ ।

संस्थाले सञ्चालन गरेका यिनै व्यावसायिक कार्यहरूमार्फत सदस्यका हितमा पु¥याएको योगदानको कदर गर्दै बागमती प्रदेशको उत्कृष्ट व्यावसायिक संस्थाको पुरस्कार प्राप्त गर्न सफल भएको हो ।