मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रुसी आक्रमणबाट लुहान्सकको सेभेरोडोनेत्स्क सहरमा क्षतिग्रस्त भवन । तस्बिर : रोयटर्स
२०७९ असार १८ शनिबार १४:०९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ असार १८ शनिबार १४:०९:००

युक्रेनमा रुसले फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ। युक्रेनमा पछिल्लो समय लगातार रुसले आक्रमण गरिरहेको छ। पछिल्लो आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको बताइएको छ।

देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अन्य केही घाइते भएका र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ।

सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको र उक्त भवनमा झन्डै एक सयजना बस्दै आएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उक्त भवन अहिले क्षतिग्रस्त भएको छ।  

स्थानीय समयअनुसार शुक्रबार राति १ बजे आक्रमण भएको हो । घटनास्थलमा उद्दार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन्।

तर, रुसी अधिकारीहरूले भने आक्रमण नभएको भन्दै खण्डन गरेका छन्। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री एस पेस्कोभले शुक्रबार भएको भनिएको आक्रमण पनि अस्वीकार गरेका छन्। कुनै स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको उनको दावी छ।

गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ। आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रूपमा विश्वभरि नै असर परेको छ।  रासस/एएनआई