मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १८ शनिबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १८ शनिबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छ : उद्योगमन्त्री बडू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १८ शनिबार १३:५o:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। जिपी कोइराला मेमोरियल कलेजले स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना कार्यक्रममा उनले आदर्शका प्रतीक गिरिजाबाबुको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका हुन्।

“विभिन्न नेताहरूको नाममा विश्वविद्यालय स्थापना भएका छन्, शान्ति प्रक्रियाका नायक गिरिजाबाबुको नाममा पनि जिपी कोइराला विश्वविद्यालय स्थापना हुनुपर्छ”, मन्त्री बडूले भने, “जिपी कोइराला विश्वविद्यालय निर्माणका लागि सरकार सहयोग गर्न तयार छ।”

सो अवसरमा ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना गरी सोही कोषबाट गिरिजाप्रसाद कोइराला शान्ति पुरस्कार वितरण गरिने जानकारी दिइएको छ। कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विधाका पुरस्कारसमेत प्रदान गरिएको थियो। रासस