१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यी हुन् बागमतीका मुख्यमन्त्री पाण्डेलाई हटाउन हस्ताक्षर गर्ने कांग्रेस र माओवादीका सांसद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:४९:oo

पूर्वसहमतिअनुसार कांग्रेस नेता इन्द्र बानियाँलाई बागमतीको मुख्यमन्त्री बनाउन माओवादी र कांग्रेसले पहल थालेका छन् । चुनाव घोषणा हुनुअघि नै मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पद छाड्न दबाब दिन उनीहरूले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेका छन् । पाण्डे एकीकृत समाजवादी संसदीय दलका नेता हुन् । 

प्रदेश सभामा माओवादीका २३ र कांग्रेसका २२ सांसद छन् । एमाले नेतृत्वको सरकार ढलेपछि गत वर्ष ११ कात्तिकमा चारदलीय गठबन्धनबाट पाण्डे नेतृत्वको सरकार बनेको थियो । त्यसवेला नै प्रदेश सरकारको बाँकी कार्यकालमध्ये आधा पाण्डे र आधा कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री हुने सहमति थियो ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाउन हस्ताक्षर गर्ने कांग्रेसका २२ सांसद
बागमतीमा हाल कायम १०७ सांसदमध्ये कांग्रेसका २२ सांसद सबैले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा इन्द्रबहादुर बानियाँ, कल्पना नेपाली, कृष्णलाल भँडेल, गीता वाग्ले, छिरिङदोर्जे लामा, जीवन डंगोल, दीपेन्द्र श्रेष्ठ, नरोत्तम वैद्य, निमा लामा, न्हुक्षेनारायण श्रेष्ठ, पुकार महर्जन, प्रभात तामाङ, बलराम पौडेल, बिजुला बर्मा राणा, भीमसेन खत्री, मिलनबाबु श्रेष्ठ, रजनी अमात्य जोन्छे, डा. राजाराम कार्की क्षेत्री, राजेन्द्र गुरुङ, राधा घले, विजया श्रेष्ठ केसी र सन्तबहादुर प्रजा छन् ।

यी हुन् हस्ताक्षर गर्ने माओवादीका २२ सांसद
माओवादीका २३ मध्ये २२ सांसदको हस्ताक्षर संकलन भएको छ । उपसभामुख राधिका तामाङबाहेक आङदेन्डी लामा, ओमबहादुर ग्लान, कञ्चन खनाल, कुमारी मोक्तान, घनश्याम दाहाल, जगत सिंखडा, दिनेश महर्जन, प्रतिमा श्रेष्ठ, प्रेम पुलामी, भावना सुवेदी, युवराज दुलाल, रत्न ढकाल, राजकाजी महर्जन, रामलाल महतो, लालकुमारी पुन, लेखनाथ दाहाल, विशाल खड्का, बुद्धिमान माझी, शालिकराम जम्कट्टेल, सीता अधिकारी, हिमाली गोले र हिरानाथ खतिवडाले हस्ताक्षर गरेका छन् । 

नयाँ सरकार बनाउन हस्ताक्षर संकलन गरेका हौँ : शालिकराम जम्कट्टेल माओवादी संसदीय दलको नेता
सहमति कार्यान्वयन गराउन आवश्यक पर्ने आकलन गरेर हस्ताक्षर संकलन गरेका हौँ, यो नयाँ सरकार बनाउनका लागि होे । सहमतिअनुसार मुख्यमन्त्रीज्यू अघि बढ्छु भन्नुभएको छ । उहाँले पार्टी अध्यक्षसँग छलफल गरेर मात्र छोड्छु भन्नुभएकाले केही समय धकेलिएको मात्र हो ।