१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम्युनिस्टहरू एकीकृत भएर अगाडि बढ्नुपर्छ : वामदेव गौतम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o२:oo

नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी खोलेका वामदेव गौतमले कम्युनिस्टहरू एकीकृत भएर अगाडि बढ्नुपर्ने बताएका छन्।  मंगलबार ‘राष्ट्रिय एकता अभियान’ पार्टीको घोषणा गर्दै उनले तीन महिनासम्म कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउने बताएका हुन्।

‘कम्युनिस्टहरू नमिले अबको चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउँछ,’ उनले भने, ‘त्यसैले कम्युनिस्टहरू एकीकृत भएर अगाडि बढ्नुपर्छ ।’ कम्युनिस्ट आन्दोलनबाट प्राप्त उपलब्धिलाई सुदृढ पार्न आफूले पार्टी खोलेको बताएका छन्। आफूले सुरु गरेको पार्टीलाई इमानदार ढंगले अघि बढाउने बताउँदै उनले आफ्नो पार्टीे नयाँ धारमा हिँड्ने बताएका छन्।

यसअघि भएका राजनीतिक गठबन्धन र एकीकरणमा आफू सहभागी रहेको बताउँदै आफ्नो पार्टीले शक्तिका साथ काम गर्ने उनको भनाइ छ। यसअघि आफू संलग्न रहँदै आएको पार्टी बाहिरबाट ठीकठाक देखिए पनि भित्री समस्या धेरै भएकाले आफू गठबन्धनबाट अलग्गिएको उनले बताएका छन्।