Skip This
३८ करोडले बढ्यो,  बुढानीलकण्ठ नगरपालिकाको बजेट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १३ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १३ सोमबार २o:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

३८ करोडले बढ्यो,  बुढानीलकण्ठ नगरपालिकाको बजेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार २o:o५:oo

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको बजेट ३८ करोडले बढेको छ । मेयर मिठाराम अधिकारीले आगामी आर्थिक वर्ष ०७९/८० का लागि २ अर्ब २० करोड ९६ लाख ७० हजार रुपैयाँको बजेट तथा  कार्यक्रम नगर सभामा पेस गरेका हुन् । चालू आवमा बुढानीलकण्ठको बजेट १ अर्ब ८२ करोड ९२ लाख ७६ हजार रहेको छ ।

संघ सरकार र प्रदेश सरकारको विशेष र समपूरक अनुदानबाहेक चालू खर्चको २५ प्रतिशतको अधिनमा रहेर बजेट बाँडफाँडको व्यवस्था मिलाइएको बुढानीलकण्ठ–४ का वडाध्यक्ष श्रीराम केसीले जानकारी दिए ।

नगर सभामा प्रस्तुत बजेटमा उल्लेख भएअनुसार एक अर्ब नौ करोड ९७ लाख पुँजीगत खर्चमध्ये समपूरक कोषको लागि पाँच करोड, आन्तरिक सहलगानी कोषका लागि चार करोड, विपत् व्यवस्थापन तथा महामारी नियन्त्रणका लागि पाँच करोड, कर्मचारी कल्याण कोषमा एक करोड, विविध पुँजीगत निर्माण खर्चमा तीन करोड र वडा कार्यालयलाई ४० करोड ९५ लाख विनियोजन गरिएको छ । 

नगरपालिकाले विषयगत महाशाखा, शाखाअन्तर्गत सञ्चालन गरिने कार्यक्रमका लागि छुट्टाछुट्टै शीर्षक बनाएको छ । जसमध्ये शिक्षा क्षेत्रतर्फ ६ करोड २५ लाख, स्वास्थ्यतर्फ ६ करोड ८५ लाख, मानवीय कल्याणतर्फ २ करोड ७० लाख, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ६ करोड ७५ लाख, कृषि तथा पशु विकासतर्फ एक करोड १५ लाख, पर्यटनतर्फ दुई करोड ९५ लाख, सहकारीतर्फ ५० लाख, खानेपानी योजना निर्माण तथा व्यवस्थापनका लागि सात करोड, सुरक्षित नगर तथा उज्यालो कार्यक्रमका लागि सात करोड ४५ लाख,  सुशासन सेवा प्रवाहका लागि तीन करोड पाँच लाख र नगरस्तरीय पुँजीगत खर्चका लागि ६५ करोड विनियोजन भएको  छ  ।

वडाको भौगोलिक अवस्था र आवश्यकताका आधारमा विनियोजित बजेटमा ५ प्रतिशत थपघटको प्रबन्ध गरिएको वडाध्यक्ष केसीले बताए । उनका अनुसार प्रत्येक वडालाई ३ करोड र वडाले खर्च गर्न पाउने गरी थप १५ लाखको बजेट विनियोजन गरिएको छ । नगर सभामा प्रस्तुत भएको बजेट २५ असारमा बस्ने नगर सभाबाट स्वीकृत हुने तालिका रहेको उनले बताए । 

नगरपालिकाले संविधान र स्थानीय सरकार सञ्चालन ऐनबमोजिम विषयगत समिति पनि गठन  गरेको छ ।