१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
समाचार डिजिटल संस्करण

कुन महानगरको बजेट कति ? (कम्पाइल्ड)

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:o४:oo

देशका सबै महानगरले शुक्रबार आगामी आर्थिक वर्ष ०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन्। काठमाडौं, ललितपुर, भरतपुर, वीरगन्ज र विराटनगर महानगरको बजेट सार्वजनिक भइसकेको छ । एमालेको अवरोधका कारण पोखरा महानगरको बजेट केही ढिला आएको छ । 

 

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। शुक्रबार महानगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो । 

आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेटअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार र सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरूबाट हुने आम्दानी, स्थानीय सञ्चित कोषबाहेकको बजेटमा समावेश हुने कुल तीन अर्ब पाँच करोड एक लाख,४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको जानकारी दिइन् ।  

उनले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि चार अर्ब ६८ करोड ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब आठ करोड ८९ लाख तीन हजार बजेट विनियोजन गरिएको बताइन् ।  उपप्रमुख डंगोलले सामाजिक विकास क्षेत्रका लागि एक अर्ब ६२ करोड २८ लाख २२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि चार अर्ब ४६ करोड ५८ लाख ४० हजार बजेट विनियोजन गरेको बताइन् । उनले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदानतर्फ एक अर्ब ३१ करोड ३७ लाख ६ हजारको स्राेत सुनिश्चित भएको पनि बताइन्। उपप्रमुख डंगोलले काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष ०७९/८० का लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको बताइन् । 

चालू आर्थिक वर्ष ०७८/७९ मा महानगरले कुल  १८ अर्ब ९५ करोड ७७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमा जेठ मसान्तसम्म चालूतर्फ तीन अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगत एवं पूर्वाधारतर्फ दुई अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपैयाँ र वित्तीयतर्फ १८ करोड रुपैयाँ गरी कुल पाँच अर्ब ९६ करोड ५९ लाख ६४ हजार खर्च भएको छ । जुन अनुमानित खर्चको ३६.६९ प्रतिशत हो । 

 

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड 


ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९/८० लागि ६ अर्ब, ३५ करोड, ३५ करोड  तीन हजारको बजेट विनियोजन गरेको छ । शुक्रबारको नगर सभामा नगरप्रमुख चिरीबाबु महर्जनले आगामी वर्षको बजेट पेस गरेका हुन् । बजेट प्रस्तुत गर्दै महर्जनले नगर सभामा बजेट तथा नीति प्रस्तुत गर्दै यो बजेटले महानगरको विकास, सेवा व्यवस्थापन, सुशासन कायम राख्न सहयोग गर्ने बताए ।
महानगरलाई नागरिकमैत्री स्थानीय सरकारको परिचय स्थापित गर्ने संकल्प पूरा गर्ने महानगरप्रमुख महर्जनको थियो । उपप्रमुख मंजली शाक्यले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम जनपक्षीय र परिणाममुखी भएको बताइन् ।
महानगरलाई सुन्दर नगर बनाउन केही नयाँ योजनाहरू थपिएको उनले बताइन्। नीति तथा कार्यक्रममा आवश्यक छलफल गर्न एक साता छुट्याइएको छ। असार १६ गते नगर सभाको अर्को बैठक बोलाइएको छ ।

 

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार

आर्थिक वर्ष ०७९/८० का लागि भरतपुर महानगरपालिकाले पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेट गतवर्षको तुलनामा २२ करोड ६९ लाख ६८ हजार रुपैयाँ बढी हो । बजेटका लागि आन्तरिक आय (घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँड)  बाट  १ अर्ब ५० करोड रुपैयाँ रहनेछ ।
अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार, जनसहभागितामार्फत ३७ करोड,  मर्मत सम्भार कोषबाट ४ करोड, सडकबोर्ड नेपालबाट तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट पाँच करोड रुपैयाँ जुटाइने उपमेयर चित्रसेन अधिकारीको बजेट वक्तव्यमा उल्लेख छ । उनका अनुसार एक अर्ब ३० करोड बैंक मौज्दात छ । 
महानगरको बजेटमा अधुरा तथा क्रमागत योजनाहरूको निरन्तरताका लागि एक अर्ब ३० करोड, वडास्तरबाटै सम्पन्न हुने योजनाहरूको लागि दुई करोड ५० लाखको दरले २९ वटा वडामा गरेर ७२ करोड ५० लाख विनियोजन गरिएको छ । 
यस्तै, सहरी पूर्वाधार, भूउपयोग तथा बस्ती विकासका लागि ३४ करोड बढी, कृषि तथा पशुविकासमा १५ करोड ५० लाख, शिक्षा विकासका लागि १३ करोड, नियमित सडक मर्मत सम्भारतर्फ ८ करोड, स्वास्थ्य सेवातर्फ ७ करोड, खानेपानी, वातावरण सरसफाइ तथा हरियाली प्रवर्धनका लागि ८ करोड, स्वास्थ्य सेवातर्फ ७ करोड  बजेट छ । 
सूचना तथा प्रविधि एवं डिजिटल प्रणालीलाई प्राथमिकता दिँदै महानगरपालिकाले ३ करोड छुट्टयाएको छ भने राजस्व प्रशासनलाई समयानुकूल र प्रविधिमैत्री बनाउन १ करोड बजेट छ । कर्मचारी, प्रशासन, जनशक्ति विकास तथा सुशासनको लागि १ करोड, सेवा प्रवाह र प्रशासन शीर्षकमा ७५ करोड ५० लाख, निजी क्षेत्रलगायतका अन्य विकास सहयात्रीसँगको सहकार्यका लागि लगानी सम्मेलनमार्फत स्राेत  जुटाउन  ५० लाख विनियोजन गरिएको छ । 
सहकारी तथा रोजगारी प्रवर्धनमा २ करोड ५० लाख विनियोजन गरेको महानगरपालिकाले पर्यटन तथा उद्योग वाणिज्यतर्फ दुई करोड ५० लाख, युवा तथा खेलकुदतर्फ दुई करोड, विपद् व्यवस्थापनमा दुई करोड ४५ लाख ५२ हजार र लैंगिक समानता, महिला सशक्तीकरण र सामाजिक समावेशीकरणतर्फ चार करोड बजेट विनियोजन गरिएको छ । भरतपुर महानगरपालिकाको ११औँ अधिवेशन तथा नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगरपालिका मेयर रेनु दाहालले विगतमा पूर्वाधार विकासलाई जोड् दिदैँ आए पनि यसपटक उत्पादनमा र कृषिमा नगरपालिकाले जोड दिएको बताइन् । 
महानगरले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको प्रतिलिटर ३ रुपैयाँ दूधमा अनुदानसँगै कृषि एम्बुलेन्सको व्यवस्थालगायत विषय राखेको छ भने महानगरमा तत्काल तीनवटा रुटमा विद्युतीय बस चलाउने, भरतपुर देवघाटधामसम्म जेष्ठ नागरिकका लागि विद्युतीय बस चलाउने दाहालले घोषणा गरेको नीति तथा कार्यक्रममा छ । महानगरले भरतपुरको केन्द्रीय बसपार्कमा चार्जिङ स्टेसन बनाउने विषय पनि आफ्नो बजेटमा राखेको छ ।

 

विराटनगर महानगरपालिकाको आगामी बजेट ३ अर्ब ६२ करोड 


विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजारबराबरको बजेट प्रस्तुत गरेको छ।  शुक्रबार विराटनगर महानगरपालिकाको दशौँ अधिवेशनमा उपप्रमुख शिल्पा कार्कीले आगामी आर्थिक वर्ष ०७९/८० का लागि कुल तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजारबराबरको बजेट प्रस्तुत गरेकी हुन् । 
महानगरपालिकाले चालू आर्थिक वर्ष ०७८/७९ मा कुल चार अर्ब ६३ करोड दुई लाख ८१ हजारबराबरको बजेट प्रस्तुत गरेको थियो । आगामी वर्षका लागि विराटनगर महानगरले प्रस्तुत गरेको बजेटमध्ये प्रशासनिकतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ एक अर्ब ८९ करोड ७१ लाख १७ हजार आर्थिक क्षेत्रतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८करोड ३९ लाख अनि सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७ करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ  ३० करोड ६० लाखबराबरको बजेट विनियोजन प्रस्ताव गरिएको छ । 
महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको बजेट अधिवेशनमा प्रस्तुत नीति कार्यक्रम तथा बजेटअनुसार विराटनगरमा आगामी वर्ष हुने मुख्य वडास्तरीय आयोजनाहरूमा ४१ करोड ६८ लाख १७ हजार नगरस्तरीय आयोजनाका लागि ३० करोड बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड पिचसडक मर्मत सम्भारका लागि १४करोड र अन्य पूर्वाधारतर्फ नौ करोड ८० लाख फोहार पानी प्रशोधन केन्द्रका लागि दुई करोड ५० लाख  विनियोजन गरिएको छ। 

 

वीरगन्ज महानगरको बजेट  ३ अर्ब ३३ करोड ६३ लाख


मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष ०७९/८० का लागि अनुमानित बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको ११औँ नगर सभाको अधिवेशनमा उपमेयर इम्तियाज आलमले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पुँजीगततर्फ एक अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको हो ।
महानगरपालिकाको आगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतहरूमध्ये आन्तरिक आय तथा राजस्वबाट ९५ करोड, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान र ससर्त अनुदानसमेतबाट एक अर्ब ७० करोड ६२ लाख ५८ हजार, सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, मधेस प्रदेश सरकारबाट ७ करोड ९८ लाख २४ हजार, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एसियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार, युनिसेफबाट २५ लाख रुपैयाँ जुटाउनुका साथै उल्लेखित स्रोत परिचालन गर्दा नपुग हुन आउने ४४ करोड १९ लाख ५९ हजार चालू आवको अन्त्यमा स्थानीय सञ्चित कोषमा रहेको नगद मौज्दातबाट व्यहोरिने व्यवस्था मिलाइएको छ । 

 

ad
ad