Skip This
तुलसीपुर खानेपानीको सम्बेल तोडफोड, खानेपानी सेवा अवरुद्ध 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुर खानेपानीको सम्बेल तोडफोड, खानेपानी सेवा अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सम्बेल तोडफोड भएको छ। बिहीबार राति १२ बजेतिर तुलसीपुर– ५ स्थित रानीजरुवा सम्बेलमा तोडफोड भएको अध्यक्ष यमकान्त भण्डारीले बताए।

उनका अनुसार सम्बेलको पावरहाउसमा जडान गरिएको प्यानलबोर्ड, सोलारप्यानल र विद्युत् तारमा क्षति पुर्‍याइएको छ। ‘राति प्यानलबोर्ड र सोलार प्यानलमा ढुंगाले हानेर फुटाएको पाइएको छ,’ उनले भने, ‘तार पनि चुँडालेर लगेको छ।’

उक्त सम्बेलमा तोडफोड हुँदा बजार क्षेत्र तथा शिखर कोलनीमा खानेपानी आपूर्तिमा समस्या आएको छ। अध्यक्ष भण्डारीका अनुसार शनिबारसम्म खानेपानी आपूर्तिमा समस्या हुन सक्नेछ। करिब आठ लाखबराबरको क्षति भएको जानकारी दिँदै त्यसको मर्मतको काम भइरहेको उनले बताए। 

यहाँबाट दैनिक बिहान र साँझ गरी नौ लाख  लिटर पानी  आपूर्ति गरिँदै आइएको छ। जसबाट करिब एक हजार नौ सय घरधुरी लाभान्वित हुँदै आएका थिए। तोडफोडको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।