Skip This
पुस्तकालय र पुरातात्विक क्षेत्रलाई व्यापारिक केन्द्रबाट जोगाउनुस् : राष्ट्रपति भण्डारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पुस्तकालय र पुरातात्विक क्षेत्रलाई व्यापारिक केन्द्रबाट जोगाउनुस् : राष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:४५:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकालय र पुरातात्विक केन्द्रलाई व्यापारिक कम्पनीबाट जोगाउन आग्रह गरेकी छिन् । बिहीबार राष्ट्रपति कार्यालयमा पुस्तकालयका विज्ञहरूसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले केशर पुस्तकालय, नारायणहिटी दरबार संग्रहालयमा समेत व्यापारिक केन्द्रको आँखा लागेकाले जोगाउनका लागि सबै लाग्न आग्रह गरेकी हुन् । 

‘बहुमूल्य, दुर्लभ र ऐतिहासिक पुस्तक सम्पत्ति हुन्, सबैले जोगाउनुपर्छ,’ विज्ञहरूसँगको छलफलमा राष्ट्रपति भण्डारीले भनिन्,’ केशर पुस्तकालय, नारायणहिटीमा पनि व्यापारीको आँखा लागेको होला तपाईंहरूले जोगाउनुपर्छ ।’ पुस्तकालयको विकास र विस्तार गरी पठन संस्कृतिको विकासमा लाग्नुपर्ने उनको धारणा छ । अनुसन्धान गरी ज्ञान निर्माणमा पुस्तकालयको भूमिका महत्वपूर्ण हुने उनले बताइन् । 

अहिले राष्ट्रपति कार्यालय रहेको शीतलनिवासलाई समेत पुस्तकालय र संग्रहालय बनाउन उपयुक्त हुने र सरकारलाई समेत सुझाव दिएको उनले बताइन् । भूकम्पले क्षति पुर्याएको सो भवन पुरातात्विक नभए पनि पुरानो र कलात्मकशैली भएकाले त्यसलाई भत्काएर नयाँ बनाउन नदिएको उनको भनाइ छ । 

उनले भनिन्, ‘यो भवन भत्काउन खोज्नेहरू पनि छन्, मेरो कार्यकालभर भत्काएर नयाँ बनाउन दिँदैनौँ, त्यसपछि पनि पुस्तकालय र संग्रहालय बनाउँदा राम्रो हुन्छ ।’

राजधानीको केन्द्रमा रहेको केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न चलखेल भइरहेको छ । केशर पुस्तकालयलाई स्वप्न बगैँचा विकास समितिमातहत ल्याएर पुस्तकालयको सम्पत्ति व्यापारिक प्रयोगमा ल्याउने चलखेल भएको हो । यसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका केही उच्च तहका पदाधिकारी तथा व्यवसायीहरूको संलग्नता रहेको मन्त्रालयकै कर्मचारीको दाबी छ । 

केशर पुस्तकालयलाई स्वप्न बगैँचा विकास समितिअन्तर्गत ल्याउने र बगैँचाको विस्तार, सांस्कृतिक केन्द्र, होटेल तथा रेस्टुरेन्ट सञ्चालन गरी मुनाफा आर्जन गर्ने उद्देश्यसहित शिक्षा मन्त्रालयमा प्रतिवेदनसमेत तयार भएको थियो । त्यसैगरी नारायणहिटी दरबार संग्रहालयसमेत व्यापारिक प्रयोजनमा प्रयोग हुन लागेको थियो ।

ad
ad