१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
Invalid date format १५:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस उदयपुरमा गठबन्धनको प्यानलै विजयी, प्रमुखमा एकीकृत समाजवादीका विश्वकर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

जिल्ला समन्वय समिति उदयपुरमा सत्तागठबन्धनको प्यानलै निर्वाचित भएको छ। बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी दलको गठबन्धन विजयी भएको हो।

जिल्ला सहायक निर्वाचन अधिकृत दिलीप मगरका अनुसार जिससको प्रमुख पदमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा कांग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन्। कांग्रेसबाट खुला सदस्यमा भीमचन्द्र राई र विष्णु कटुवाल तथा महिला सदस्यमा मञ्जुकुमारी परियार विजयी भएका छन्।

यसैगरी, माओवादी केन्द्रबाट खुला सदस्यमा इन्द्रबहादुर थापा, महिला सदस्यमा गोमा कार्की र विन्दाकुमारी विश्वकर्मा, दलित तथा अल्पसंख्यक सदस्यमा पदकुमारी राई विजयी भएका सहायक निर्वाचन अधिकृत मगरले जानकारी दिए। विजयी सबै उम्मेदवारले समान ११–११ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारहरूले पाँच–पाँच मत प्राप्त गरेका छन्।